Sunday, April 23, 2017

सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो

सोलुखुम्बु, वैशाख १०।
 सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ ।  
काठमाडौंबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो ।
आज बिहान करिब ८ बजे अवतरणका क्रममा विमानस्थलको भित्तामा ठोक्किएर विमानको पखेटा फुटेको तर अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
विमानमा चालक दलका तीन सदस्यसहित १७ यात्रु सवार थिए । तीमध्ये १२ विदेशी रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

No comments:

Post a Comment