Saturday, April 22, 2017

मुस्ताङमा बस दुर्घटना, चारजनाको मृत्यु

पोखरा-मुस्ताङमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। मुक्तिनाथबाट जोमसोम फर्किँदै गरेको यात्रुबाहक बस कागबेनीमा दुर्घटनामा पर्दा चारजनाको ज्यान गएको छ। ना ५ ख ६०६७ नम्बको बस दुर्घटना हुँदा चारजना यात्रुको घटनास्थलमै मृत्यु भएको हो।
मुस्ताङका डिएसपी हरिहरनाथ योगीका अनुसार ज्यान गुमाउने चारजना मध्ये एकमहिना र तीनजना पुरुष रहेका छन् । ‘मुक्तिनाथबाट फर्किदै गर्दा ओरालोमा बसको ब्रेक फेल भएछ । त्यसपछि दुर्घटना भएको हो,’ योगीले भने । मृतकहरुको सनाखत भएको छैन । दुर्घटनामा केही यात्रु घाईते भएका छन्।
उद्धार जारी रहेको प्रहरीले बताएको छ । योगीका अनुसार बसमा भक्तपुरबाट मुक्तिनाथ दर्शन गर्न पुगेका यात्रु दुर्घटनामा परेका हुन् । मृतकहरुको शव अहिले जोमसोम अस्पतालमा ल्याइएको उनले बताए।

No comments:

Post a Comment