Sunday, April 23, 2017

पाल्पामा छुट्टाछुट्टै दुर्घटनामा पाँचको मृत्यु, दुई घाइते

तानसेनः पाल्पामा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। सिद्धार्थ राजमार्गबाट गिट्टी खानीतर्फ जाँदै गरेको लु १ ख ९०३१ नम्बरको टिप्पर तिनाउँ गाउँपालिका–३ झुम्सामा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा तिनाउँ गाउँपालिका–३ का चालक पूर्णबहादुर सारु, उनकी श्रीमती वाल कुमारी सारु, छोरा हिमेश सारु र टिप्परका सहचालक विमल कनौजेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनदाएको छ। उकालो कच्ची मोडमा विपरित दिशाबाट आएको टिप्परलाई साइड दिँदा दुर्घटना भएको बताइएको छ।
टिप्पर सडकबाट दुई सय मिटर तल खसेको छ।
यस्तै, पाल्पाकै रिव्दिकोट गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। वतासेबाट तानसेन आउँदै गरेको लु १ ज १५८१ नम्वरको जिप दुर्घटना हुँदा रिव्दिकोट–७ का रामबहादुर गाहाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका प्रेमबहादुर गाहा र भुवन गाहाको मिशन अस्पताल तानसेनमा उपचार भइरहेको छ।

No comments:

Post a Comment