Saturday, April 29, 2017

दक्षिणपूर्वी म्यानमारमा बस दुर्घटना, १९ जनाको मृत्यु

याङ्गुन, वैशाख १६– म्यानमारको दक्षिणपश्चिमी राज्य कयीनको एसियन राजमार्गमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ ।
यस दुर्घटनामा परी अन्य २१ जना घाइते भएका सरकारी स्रोतले शनिबार जनाकारी दिएको छ ।
एयर कन्डिसनको सेवा उपलब्ध भएको यस बसमा ४० भन्दा बढी व्यक्ति सवार रहेका जनाइएको छ ।
सो बस ३० किलोमिटर गहिराइमा खसेको बताइएको छ । स्थानीय समायानुसार शुक्रबार बिहान १०ः४५ बजे सो बस दुर्घटना भएको थियो । (एजेन्सी)

No comments:

Post a Comment