Sunday, April 23, 2017

फिस्लिङमा ट्रक जुध्यो, एकको मृत्यु, पाँच घाईते


चितवन, वैशाख १० । चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा आज (आईतबार) विहान दुई ट्रक एक आपसमा ठोक्दिा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् । 

विहान साँढे ६ बजेको समयमा मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा २ ख १९५८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै ना ५ ख ९१९० नम्बरको ट्रक एक आपसमा ठोक्दिा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परि बा २ ख १९५८ नम्बरको ट्रक चालकको च्यापिएर घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उनको सनाखत भने भएको छैन् ।
यस्तै ना ५ ख ९१९० नम्बरको ट्रक चालकसहित पाँच जना घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि धादिङ तर्फ पठाइएको छ ।

No comments:

Post a Comment