Saturday, April 15, 2017

‘हर्न निषेध’को पहिलो दिन

राजधानीको ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले आजदेखि सुरु गरेको हर्न निषेधअभियान प्रभावकारी देखिएको छ । राजधानीका सडकमा चल्ने सानाठूला सबै प्रकारका सबै सवारीसाधनले आक्कलझुक्कल हर्न बजाए पनि अधिकांशले हर्न बजाउन नहुने हेक्का राखेर वाहन चलाएको पाइयो ।

बौद्धदेखि सिंहदरबारसम्मको यात्रामा नुवाकोट महाकाली५ का लक्ष्मण थापाले पानी बोकेको एउटा ट्याङ्करले बारम्बार हर्न बजाएपछि चावहिलमा ड्युटीबसेका ट्रफिक प्रहरीलाई गुनासो गरेको बताए ।

ती ट्राफिक प्रहरीले ट्याङकर चालकलाई हर्न बजाउन नहुने ज्ञान नभएको र उसले एकरदुई दिनमा सिक्नेजवाफ आफूलाई फर्काएको र कारबाही गरिरहनु नपर्ने बताएको थापा सुनाउँछन् ।

चावहिलमित्रपार्कसिफलकालोपुलज्ञानेश्वरकालिकास्थान हुँदै सिंहदरबारसम्म दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा गरेका थापाले कहीँ पनि हर्न बजाउनु परेन ।

यसैगरी बालाजु माछापोखरीसोह्रखुट्टेठमेललैनचौरजमल हुँदै भद्रकाली आइपुगेका धादिङ नीलकण्ठ नगरपालिकाका सन्तोषी शर्माले पनि अन्य दिनजस्तो आज हर्न नबजेको अनुभव सुनाइन् ।

महानगरले चोक र आकाशेपुलमा अनावश्यक ध्वनिले मानव स्वास्थ्यमा हानि पुर्‍याउने चेतनामूलक जानकारी राखेकाले पनि केही सुधार आएको हुन सक्ने शर्माको बुझाइ छ ।

नयाँ बानेश्वरबबरमहलमाइतीघर हुँदै स्कुटीमा भद्रकाली आएकी कृतिका खड्काले आफूले हर्न नबजाएको सुनाइन् । आज सार्वजनिक विदा परेकाले होला अन्य दिनको तुलनामा सवारीसाधनको आवाज कम सुनियो’, कृतिका बताइन् ।

त्यस्तै बल्खुकुलेश्वरटेकुत्रिपुरेश्वर हुँदै सुन्धारासम्म मोटरसाइकलमा आएका कृष्णराज पाण्डेले एक पटकमा मात्र अत्यावश्यक भएर हर्न बजाउन परेको बताए । उनले भने, “मलाई नो हर्नका विषयमा थाहा छ तर अप्ठ्यारो परेर बजाए ।

कुनैरकुनै सवारीसाधनले अन्जानमा हर्न बजाए पनि ट्राफिक प्रहरीले सामान्य सोधपुछ गरेर मात्र छोडेका थिए । काठमाडौँको कोलाहलपूर्ण वातावरणमा सुधार आउने विश्वास सर्वसाधारणको प्रतिक्रिया दिएको ट्राफिक प्रहरीको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्लले उपत्यकामा हर्न नै बजाउन नपाइनेभन्दा पनि जथाभावी हर्न बजाउनेलाई नियन्त्रण गर्न यो कार्यक्रम लागु गरिएको बताए। जाममा परेका बेला हर्न बजाउने, रमाइलोको लागि जथाभावी हर्न बजाउनेलाई नियन्त्रण गर्न खोजिएको हो’, मल्लले भने, ‘नबजाई नहुने आवश्यक ठाउँ हर्न बजाउन रोकिएको होइन्।
उनले अनावश्यक ठाउँमा हर्न बजाउने सवारी चालकलाई फिल्डमा खटेका ट्राफिकले तत्कालै मूल्यांकन गरेर कारबाही हुने÷नहुने निर्णय गर्ने पनि बताए। आज विदा भएकाले त्यसैपनि कम सवारी चले’, मल्लले भने, ‘त्यसमा पनि कसैले जथाभावी हर्न बजाएको नपाइएकाले कारबाही भएन।

काठमाडौँ उपत्यकामा दैनिक सातदेखि आठ लाख सवारीसाधन गुड्छन् । यी सवारीसाधनले अनावश्यकरुपमा उत्पन्न गर्ने ध्वनिका कारण मानव स्वास्थ्यमा गम्भीर पार्ने गरेको बुझिएको छ ।

काठमाडौँ महानगरपालिकाले ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले यस अभियानलाई आजदेखि लागू गरेको हो । अनावश्यक स्थानमा हर्न बजाएमा रु पाँच हजारसम्म जरिवाना गर्न सकिने अधिकार ट्राफिक प्रहरीसँग रहेको महानगरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

उनले महानगर र ट्राफिक प्रहरीले सहकार्य गरेर हर्न निषेध गर्ने अभियानलाई सर्वसाधारण एवम् सवारीसाधन प्रयोगकर्तासम्म पुर्‍याउन नयाँ चेतनामूलक कार्यक्रम ल्याउने जानकारी दिए । महानगरलाई अन्य प्रदूषणबाट पनि मुक्त गर्ने अभियान ल्याउने कार्कीको भनाइ छ ।

यो अभियान काठमाडौँमा मात्र होइन, विश्वका ठूला सहरमा पनि लागू गरिएको छ । भारतका विभिन्न सहरमा हर्न बजाउन निशेष गरिएको छ भने अन्य मुलुकमा पनि हर्न बजाउन नपाइने व्यवस्था छ ।

यातायात व्यवस्था विभाग, काठमाडौँ महानगरपालिका र ट्राफिक प्रहरीको समन्वयमा ल्याएको यस सकारात्मक अभियानमा आम सवारी प्रयोगकर्ताले मनन गर्नैपर्ने देखिएको छ । नयाँ वर्षसँगै सुरु गरिएको यस अभियान सफल हुने देखिएको छ । 

No comments:

Post a Comment