Saturday, April 22, 2017

मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कदै गरेको बस दुर्घटना, ५ को मृत्यु, ३० घाइते

मुक्तिनाथ दर्शन गरेर फर्कदैं गरेको बस कागबेनीमा दुर्घटना भएको छ। दुर्घटनामा परी ५ जनाको ज्यान जानुको साथै ३० जना घाइते भएका छन्। दुर्घटनमा परी ३ जनाको घटनास्थल मै ज्यान गएको छ भने २ जनाको उपचारको क्रममा जिल्ला अस्पताल मुस्ताङमा ज्यान गएको प्रहरीले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार घाइतेहरूको जनस्वास्थ्य कार्यालय जोमसोममा उपचार भइरहेको छ।
घाइतेभध्ये १२ जनाको अवस्था गम्भीर रहेको मुस्ताङका प्रहरी प्रमुख हरिहरनाथ योगीले जानकारी दिए । घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत पोखरा ल्याउने तयारी भएको उनले बताए । बस १०० मिटर तल खसेको पनि योगीले जानकारी दिए । मृतकको पहिचान भने खुल्न सकेको छैन । 
बसमा ३६ जना यात्रु रहेको बताइएको छ। घुमाउरो र पहाडी बाटोमा अनियन्त्रित भएको ना ५ ख ६०६७ नम्बरको बस आज दिउँसो साढे १२ बजे बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा दुर्घटनामा परेको हो। 
थप जानकारी आउन बाँकी छ।

No comments:

Post a Comment