Monday, April 24, 2017

मोरङको कानेपोखरीमा बस दुर्घटना, एकको मृत्यु १० घाइते

पूर्व-पश्चिमको
महेन्द्र राजमार्गको कानेपोखरीमा भएको यात्रुबहाक बस दुर्घटनामा एक जनाको ज्यान जानुका साथै कम्तिमा १० जना घाइते भएका छन्। दुर्घटनामा परी बसका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
झापाको काकडभिट्टाबाट यात्रु लिएर बिराटनगर तर्फ जादै गरेको को १ ख ४९८८  नं को यात्रुवाहक बस मोरङको कानेपोखरी बाट ५०० मिटर पश्चिम चिसाङ पुल नजिक दुर्घटना हुँदा बसका सहचालकको मृत्यु भएको हो।
त्यस्तै १० जना यात्रुहरू घाइते भएका छन्। उनीहरूको पथरी अस्पतालमा उपचार भइरहेको छ। घाईतेहरुमा लेटाङ नगरपालिका निवासी शनि बहादुर तामाङ, प्रेम बहादुर तामाङ, बिर्ख बहादुर तामाङ, भोजपुर निवासी संयोग सापकोटा, बिनोद सापकोटा, बयरबन निवासी रसिका सुबेदी, हर्क माया सुबेदी, हिमाल सुबेदी, झापाका प्रतिमा गिरी, खोर्साने मोरङकी लिलामाया मिश्र छन्।
दुर्घटनामा परी ज्यान गुमाउनेको विवरण खुल्न सकेको छैन। मृतकको शव मोरङको मंगलबारे अस्पतालमा राखिएको छ ।
बस तिब्र गतिमा भएकाले अनियन्त्रीत भई दुर्घटना भएको हुन्नसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ।

No comments:

Post a Comment