Saturday, April 22, 2017

म्याजिक भ्यानको ठक्करबाट युवतीको मृत्यु

वैशाख ९, २०७४
चितवनको नारायणगढस्थित सहिदचोकको व्यस्त मार्गमा शनिबार अपरान्ह म्याजिक भ्यानको ठक्करबाट युवतीको मृत्यु भएको छ । ठक्करपछि गम्भीर घाइते भएकी स्कुटी चलाक युवतीको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
चौबिसकोठीबाट पुल्चोकतर्फ जाँदै गरेको ना ३६ प नम्बरको स्कुटरलाई ना १ ज ५४२२ नम्बरको म्याजिकले ठक्कर दिँदा गम्भीर घाइते भरतपुर महानगरपालिका २२ की १९ वर्षीया वर्षा आचार्यको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनायो । घटनापछि ठक्कर दिने म्याजिक र चालक राजेन्द्र दराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही समययता नारायणगढ बजारमा ओभरटेक र तीव्रगतिमा सवारी चलाउनाले दुर्घटना बढ्दै गएको प्रहरीको भनाइ छ ।

No comments:

Post a Comment