Sunday, April 23, 2017

हेटौंडामा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



हेटाैंडा 


मकवानपुरको हेटौंडामा ट्यांकरको ठक्करबाट एकजना मोटरसाएकल चालकको ज्यान गएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१० कर्रामा आइतबार दिउँसो ना ६ ख १०९१ नम्बरको ट्यांकरले ना ७ प ९६२ नम्बरको मोटरसाइकलमा सवार गढी गाउँपालिका–६ का घनश्याम बञ्जराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका बञ्जाराको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
हेटाँैडाबाट पथलैयातर्फ जाँदै गरेको मोटरसाइकल रोक्न खोज्दा अनियन्त्रित भर्इँ लडेपछि सोही दिशाबाट आउँदै गरेको ट्यांकरले ठक्कर दिएको मकवानपुर प्रहरी प्रमुख बसन्तकुमार लामाले बताउनुभयो। ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको लामाले जानकारी दिनुभयो।

No comments:

Post a Comment