Saturday, April 29, 2017

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

टंक सुनार
नवलपरासी, वैसाख १७ । 
गत राति पश्चिमबाट पूर्व तर्फ जादै गरेको एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
नवपरासीको सुनवल–७ ज्यामिरेमा राति २ बजे बाकेबाट बिरामी बोकेर भरतपुरतर्फ जाँदै गरेको भे १ च १७४९ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडक छेउमा दुर्घटनाग्रत बनेको हो ।
दुर्घटनामा परी बाँके कोहलपुर नगरपालिका वार्ड नम्बर १२ बस्ने ५३ बर्षिया लिला केसी घाइते भएकी छिन् । अन्य दुई घाइतेको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको छ ।
एम्बुलेन्सको टायरको रड भाँचिदा अनियन्त्रित भई सडकमा पल्टेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी हवल्दार गेद बहादुर चन्दले जानकारी दिए ।

No comments:

Post a Comment