Tuesday, March 21, 2017

दक्षिण सुडानमा विमान दुर्घटना : सबै यात्रु बाँच्न सफल

दक्षिण सुडान – दक्षिण सुडानको उत्तरपश्चिममा रहेको सहर वाउकोवाउ विमानस्थलमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको र विमानमा यात्रारत १४ जना घाइते भएको सुडानी अधिकारीले जनाएका छन् । विमानमा ४३ जना यात्रु सवार रहेकोमा सबै यात्रु बाँच्न सफल भएका छन् ।
१४ जनालाई घाइते अवस्थामा अस्पताल लगिएको छ । उनीहरुको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर तर स्थिर अवस्थामा रहेको अस्पतालले जानकारी गराएको दक्षिण सुडानका सूचना मन्त्री गाउ डेन्सिओले बताए

साउथ सुप्रिम विमानकम्पनीको विमान जुवाबाट वाउका लागि छुटेको थियो भने अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।
“मेरो विचारमा चालकले मौसमको कारण विमानस्थलको धावनमार्गलाई राम्ररी देख्न नसकेकाले दुर्घटनाग्रस्त हुनपुगेको छ,” वाउ विमानस्थलका इन्जिनियर पर्ल चाल्र्सले बताए ।
अवतरणका समय धावनमार्गमा विमानबाट बाक्लो कालो मुस्लो निस्केको दृश्य स्थानीय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ । विमानको पछिल्लो केही भाग बाहेक सवै जलेर नस्टभएको छ ।
विमानमा कति यात्रु थिए र कसैको मृत्यु भएको वा नभएको भन्ने विषयमा विस्तृत विवरण प्राप्त भइनसकेको बताइएको छ ।
तर चिनियाँ समाचार संस्था सिन्ह्वाले विमानमा ४४ जना यात्रु रहेको बताइएको छ । विमानमा यात्रारत् सबैजनाको मृत्यु भएको आशङ्का गरिएको सिन्ह्वाद्वारा सम्प्रेशित प्रारम्भिक खवरमा जनाइएको छ ।

No comments:

Post a Comment