Wednesday, March 29, 2017

चितवनमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

१६ चैत, काठमाडौं । चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
नारायणगढबाट चौविसकोठीतर्फ जाँदै गरेको ना ५ च ४२४३ नम्बरको ट्याक्टर भरतपुर ओरालोमा दुर्घटना भएको हो ।

ट्याक्टरको ठक्करबाट गुञ्जनगरकी माया श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका दुई जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment