कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैना पुलमा बिग्रिएको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोक्कीदा ३ जनाको ज्यान गएको छ। शनिबार साझँ ७ बजेतिर घोडाघोडीबाट धनगढी आउँदै गरेको से ५ प २०७१ नम्बरको मोटरसाइकल ट्याक्टरको ट्रलीमा ठोक्कीदा घोडाघोडी नगरपालिका सोढेपानी ५ का प्रकास चौधरी, घोडाघोडीकै हरिनारायण चोधरी र साविकको मुनुवा गाविस कञ्चनपुर भन्ने ठाउँका रामलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । २ जनाको अत्तरियाको पद्मा र धनगढीस्थित सेती अञ्चलमा उपचारका क्रममा मृत्यु भएको र एक जनाको यहाँ उपचार सम्भव नभए पछि नेपालगञ्जको कोहोलपुर लैजाने क्रममै बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्याललय केलालीका डिएसपी बिरबहादुर बुढामगरले जानकारी दिए। रोकिएको से १ त ५०३२ नम्बरको ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए। मोटरसाइकलमा सवारले मादक पदार्थ खाएको र क्षमता भन्दा बढी यात्रु सवारी रहेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ ।
No comments:
Post a Comment