Saturday, March 18, 2017

Welcome to RMR Foundation

We would like to welcome your comments and suggestions regarding the blog of RMR Foundation. Have a wonderful day to all!

14 comments:

  1. It is a leading not for profit organization of Nepal.

    ReplyDelete
  2. जीवन रहेछ, जन्म र मृत्यु दुई दिनको घाम छांया ।
    तैपनि लागि रहन्छ मन भित्रैबाट तिम्रै माया ।।
    गर्न के सक्छौ भनि सोच्दै गर्दा तिम्रो नाममा प्रतिष्ठान गठन भै गयो ।।
    तिम्रा ईच्छा, चाहना र मनका सवै कुरा यसै मार्फत अघि वढने भयो ।।१।।

    ReplyDelete
  3. तर जिन्दगीभर जुध्नैपर्छ, लड्नैपर्छ । अरु उपाय छैन । सबैको जवाफ दिएर साध्य छैन, जवाफ नदिएर पनि हुन्न ।'

    ReplyDelete
    Replies
    1. This comment has been removed by a blog administrator.

      Delete
  4. नेपालमा सडक दुर्घटना न्यूनिकरणका उपायहरू
    किन हुन्छ त सवारी दुर्घटना ?
    सडक दुर्घटनालाई चार प्रमुख कारणमा बिभाजन गर्न सकिन्छ ।
    १. मानवीय कारण
    २. सडकको भौतिक अवस्था
    ३. यान्त्रिक कारण
    ४. मौसम तथा अन्य कारण

    ReplyDelete
  5. सडक दुर्घटनाबाट हरेक बर्ष विश्वमा २० लाख मानिसहरूको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।

    ReplyDelete
  6. सडक दुर्घटना जिम्मेवार को ?

    ReplyDelete
  7. कुन सडकमा कस्ता सवारी चल्ने भन्ने मापदण्ड हुन नसक्दा यसले गम्भीर परिणाम निम्तयाइरहेको छ । कुन सवारी साधान , कुन स्तरको सडकमा कति जनासम्म यात्रु हाल्न पाइने भन्ने कडा मापदण्ड अनि सवारी चालकको मर्यादासम्बन्धी कडा नियमा नबनाउने हो भने सवारी चालकमा जहिले पनि अराजकता ररिरहन्छ । वाट हुन सक्ने सम्भावित खतराका वारेमा उनीहरु अचेत देखिन्छन् । खादेर यात्रु कोच्ने अनि अनियन्त्रित रुपमा गाडी हाक्ने गर्दछन् ।

    ReplyDelete
  8. सडकहरुलाई वैज्ञानिक तबरले स्तरोन्नति गर्ने, सवारी साधनको अवस्थामा नियमित निगरानी राख्ने, सवारी साधनको भारवहन क्षमता र यात्रु तथा सामानको भारको नियमित जाँच गर्न सम्बन्धित नियकाहरुलाई परिचालन

    ReplyDelete
  9. विश्वमा सडक दुर्घटनाबाट कसको मृत्यु बढी ?

    विश्वमै सडक दुर्घटनाको शिकार सवैभन्दा भन्दा बढी बालबालिका नै हुने गरेका छन् । विश्वमा एक लाख ८६ हजार ३ सय बालबालिकाको सडक दुर्घटनाको कारणले मृत्यु हुन्छ भने सडक दुर्घटनाबाट धेरै बालबालिकाहरु अपाङ्ग भएका छन् ।

    सडक दुर्घटना निकै ठूलो समस्या बन्दै गएकोले सडक दुर्घटना कम गर्नेबारेमा विभिन्न मुलुकहरुमा छलफलहरु भइ नै रहेका छन् । गएको मे महिनामा विश्वका विकाशशील देशहरुले सडक सुरक्षा सप्ताह नै मनाएका थिए ।

    सडक सुरक्षाबारे ब्राजिलमा विश्व सम्मेलन

    सडक दुर्घटनाकै कारण वर्षेनी लाखौंको मृत्यु हुने भएकाले बेलाबेलामा अन्तर्राष्ट्रिय स्तरमा पनि छलफल र बहसहरु हुने गरेका छन् । विश्वमै सडक दुर्घटना एउट जटिल समस्या भएकाले संयुक्त राष्ट्र संघको आयोजनामा आगामी नोभेम्बर १८ र १९ तारिखमा ब्राजिलको ब्रासिलियामा दोस्रो मन्त्री स्तरीय विश्व सम्मेलन हुँदैछ ।

    सम्मेलनमा सडक सुरक्षा सम्बन्धी योजनाहरु निर्माण गरिँदैछ । सडक दुर्घटना भयावह भन्दै गएको नेपालको लागि पनि यो एउटा राम्रो अवसर हुन सक्ने भएकाले यसतर्फ सरोकारवाले सडक दुर्घटना न्युनिकरणका लागि अपनाउनुपर्ने उपायका बारेमा ज्ञान लिनु आवश्यक छ ।

    सडक दुर्घटनाका कारणहरु

    अधिकांश सडक दुर्घटना बाटोमा हिँड्ने बटुवाहरु बाटो काट्दा ध्यान नदिँदा नै हुने गरेका छन् । बाक्लो सवारी चल्ले ठाउँहरुमा सडक पार गर्न निश्चित ठाउँ छुट्याएको हुन्छ । बाटो बाट्नकै लागि बनाइएका जेब्रा क्रसिङबाट बाटो पार गर्नुपर्नेमा जथाभावी बाटो पार गर्दा दुर्घटना हुने गरेको छ । कतिपय अवस्थामा बटुवाले ध्यानपूर्वक तोकिएको टाउँबाट बाटो काट्दा पनि चालकको लापर्वाहीले पनि दुर्घटना हुने गरेका छन् । सवारी चलाउँदा सिट बेल्ट प्रयोग नगरिँदा, बाटोमा हिड्नेहरुले फुटपाथको प्रयोग नगर्दा अनि मोटरसाइकलमा यात्रा गर्ने क्रममा मोटरसाइकल यात्रुले हेल्मेट प्रयोग नगरिनु पनि सडक दुर्घटनाको कारण कारण बन्ने गरेका छन् ।

    सवारी चालकले मदिरा सेवन गरी सवारी चलाउँदा हुने दुर्घटना पनि अत्याधिक छ । अत्याधिक मदीरा सेवन गरी गाडी हुँइक्याउने जस्ता चालकको लापवाहीले गर्दा नेपालमा अधिकांश दुर्घटना हुने गरेका छन् ।

    हालसालै मैरै आँखा अगाडि दुई बालबालिकाले ज्यान गुमाए । तर, ती बालबालिकाको कारण नभई तिनका अभिभावकका कारण उनीहरुले ज्यान गुमाउनु पर्‍यो । एउटा मोटरसाइकलमा दुई जनाभन्दा बढी यात्रा गर्न मिल्दैन । तर दुई बालबालिकासहित चार जना एउटै मोटरसाइकलमा यात्रा गर्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई बालबालिकाले ज्यान गुमाउनु पर्‍यो । यो त एउटा मैले प्रत्यक्ष देखेको प्रतिनिधि घटना मात्र हो । यस्तै लापर्वाहीको कारण धेरैले ज्यान गुमाउनु परेको छ ।

    सडक सुरक्षा र सडक नियमहरु

    नेपालमा सडकको अवस्था र यसबाट जान्नु पर्ने कुराहरु आम नागरिकलाई सूचित गराउनु निकै महत्वपूर्ण छ । सडक सम्बन्धी नियम तथा सडक सुरक्षाको बारेमा बाटो हिँड्ने जो कोहीलाई पनि सचेत गराउनु आवश्यक छ । सडकमा हिडडुल गर्दा तथा सडक पार गर्दा सचेततापूर्वक गर्ने हो भने दुर्घटना न्यूनिकरण हुन्छ ।

    सडक सुरक्षा र यसका नियमहरुका निम्ति हामीले हरेक विद्यालयमा गएर बालबालिकाहरुलाई पनि सचेत गराउनु आवश्यक छ । बालबालिका र तिनका अभिभावकहरुलाई पनि सडक सुरक्षा र सडक सम्बन्धी नीति नियमका बारेमा बुझाउनु जरुरी छ ।

    कसरी गर्ने सडक सुरक्षा ?

    सडक सुरक्षाका विभिन्न तरिकाहरु अपनाउन सकिन्छ । सडक सुरक्षाका बारेमा विद्यालयहरुमा गएर बालबालिकाहरुलाई अवगत गराउन सकिन्छ भने अन्य विभिन्न अतिरिक्त क्रियाकलापहरुबाट पनि बालबालिकालाई सचेत गराउन सकिन्छ । हामीले नाटक, कविताका माध्यामबाट पनि सुरक्षा सुरक्षाबाट ज्ञान दिलाउन सक्छौं ।

    ReplyDelete
  10. विश्वभर वार्षिक झण्डै साढे १२ लाख जनाको सडक दुर्घटनामा ज्यान जाने गरेको छ भने पाँच करोड जना गम्भीर दुर्घटनामा पर्ने गरेका छन् । प्रतिवेदन अनुसार पैदलयात्री र दुईपाङ्ग्रे सवारी साधन र तिनका यात्रुले कुल दुर्घटनामा आधा भन्दा बढी हिस्सा ओट्ने गरेका छन् ।

    ReplyDelete
  11. विश्वभर वार्षिक झण्डै साढे १२ लाख जनाको सडक दुर्घटनामा ज्यान जाने गरेको छ भने पाँच करोड जना गम्भीर दुर्घटनामा पर्ने गरेका छन् । प्रतिवेदन अनुसार पैदलयात्री र दुईपाङ्ग्रे सवारी साधन र तिनका यात्रुले कुल दुर्घटनामा आधा भन्दा बढी हिस्सा ओट्ने गरेका छन् ।

    ReplyDelete
  12. चालकले आफ्ने व्यवहार सुधार गर्ने र सवारी साधनलाई मर्मत गरि चुस्त अवस्थामा राख्ने हो भने आधा दुर्घटना कम हुन्छ । त्यस्तै सडकहरु सुधार्ने, यात्रु तथा पैदल यात्रिहरु सचेत हुने हो भने दुर्घटना न्यूनिकरण हुन्छ ।

    ReplyDelete