Friday, March 31, 2017

नवलपरासीमा दुर्घटना : ५ जनाको मृत्यु, ५ घाईते

गैँडाकोट , १९ चैत –  नवलपरासीमा गएराती भएको सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन् ।
मध्यविन्दु ७ स्थित ४० किलो जंगलमा बिहान २ः४५ बजे पश्चिमबाट पुर्वका लागी छुटेको ना ४ ख ४९९५ नम्बरको बस र सोहि दिशाबाट छुटेको यु पि ५८ टी ५४७१ नम्बरको भारतीय ट्रक ठोक्कीदा ५ जनाको मृत्यु भएको छ । घटनामा ५ जना घाईते भएका छन । बसमा रहेका ४ जनाको घटना स्थलमा नै मृत्यु भएको हो भने भारतीय ट्रकका चालकको उद्धार गर्नेक्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मृत्यु हुनेमा दाङका १६ वर्षीय राम चौधरी, १७ वर्षीय वीरबल चौधरी, सुर्खेतका ३८ वर्षीय हरिराम राम्जाली मगर र ट्रकका चालक भारत विहार घर भएका २५ रियाज खानको मृत्यु भएको हो। एक जनाको नाम ठेगाना खुल्न सकेको छैन ।
घाईते ५ जनाको अहिले कावासोती १६ को डण्डामा रहेको मध्यबिन्दु सामुदायिक स्मृती अस्पतालमा उपचार भैरहको प्रहरीले जनाएको छ । बस बिग्रेर टायर फेर्ने क्रममा आज बिहान २ः४५ बजे ट्रकले बसलाई ठक्कर दिएको थियो ।

No comments:

Post a Comment