Monday, March 20, 2017

रेडिएम लामिछाने : वनस्थलीमा ट्रिपरको ठक्करले २१ वर्षीय मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ : मंगलबार साँझ ५ बजे काठमाडौको वनस्थलीमा ट्रिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।

ना ४ ख १६७० नम्बरको ट्रिपरले बा ४७ प ८३१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक, कीर्तिपुर-१२ बस्ने २१ वर्षीय रेडिएम लामिछाने घाइते भएका थिए।

उनलाई तत्काल पिपुल अस्पताल नयाँबजारमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा उनको ५ बजेर २५ मिनेटमा मृत्यु भएको थियो। दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रिपर चालक महानगरीय प्रहरी वृत्त बालाजुको नियन्त्रणमा रहेको छ।








1 comment: